कैलाश युथ क्लबको अध्यक्षमा सबिन अधिकारी, सचिवमा प्रदिप पराजुली चयन

भरतपुर, ०७ असोज –
कैलाश युथ क्लबको अध्यक्षमा सबिन अधिकारी चयन भएका छन् ।

हिजो सम्पन्न भएको कैलाश युथ क्लबको चौथो अधिवेशनबाट अधिकारीको नेतृत्वमा सर्वसम्मतिबाट एघार सदस्यीय कमिटी गठन भएको हो ।

सो कमिटीको उपाध्यक्षमा युवराज अधिकारी, सचिवमा प्रदिप पराजुली, सह–सचिवमा शंकर ढकाल, कोषाध्यक्षमा अम्बिका लामिछाने र सदस्यहरुमा सन्दिप अधिकारी, राजा घले, जीवन बराल, प्रतिमा तिमल्सिना, शिवहरि सुवेदी, शालिग्राम सापकोटा रहेका छन् ।

भरतपुर ११ मा रहेको यस क्लबले समयसमयमा खेलकुद, सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *