भारतमा कुकुरका विषयमा विवाद भएपछि गोली चलाइयो, दुई जनाको मृत्यु

भारत, १ भदाै
भारतमा घरपालुवा जनावर कुकुरको विषयमा विवाद हुँदा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका छन् ।

मध्यप्रदेशको इन्दौरमा राजपाल रजावत नाम गरेका व्यक्तिले बिहीबार राति गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको पीटीआईले जनाएको छ ।

सार्वजनिक भएको भिडियोमा राजपालले घरको झ्यालबाट बन्दुक चलाएको पनि स्पष्ट देखिन्छ । इन्दौर प्रहरीका अनुसार बिहीबार राति राजपालका छिमेकी आफ्ना कुकुरलाई घुमाउँदै डुलिरहेका थिए । त्यसबीचमा छिमेकीको कुकुर र राजपालको कुकुर जुध्न थाले ।

कुकुर जुधेपछि कुकुर मालिकहरूबीच पनि भनाभन भयो । त्यसपछि रुष्ट बनेका राजपालले घरमाथि गएर बन्दुक चलाइदिए, जसकारण दुई जना व्यक्तिको मृत्यु भयो भने ६ जना घाइते भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *