माअ‍ोवादी बैठकमा कडा नियम : मोबाइल अफ गर्नुपर्ने, लाइभ वा रेकर्ड गर्न निषेध

काठमाडौं, १७ साउन
सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठकको सुरुआतमै महासचिव देव गुरुङले बैठकको नियम पढेर सुनाउँदै कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् ।

नियमअनुसार सदस्यहरुले मोबाइल अफ गर्नुपर्ने छ । रेकर्ड वा लाइभ गर्न पाइने छैन । नेपाली कांग्रेसले जस्तै केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेर पछि हटेको माओवादी केन्द्रले बैठक नियम कडा बनाएको हो ।

स्रोतका अनुसार महासचिव गुरुङले अध्यक्षले प्रतिवेदन पेस गरेपछि बोल्न चाहनेले नाम टिपाउनुपर्ने बताएका छन् । बोल्नका लागि पाँच मिनेटको समय तोकिएको छ भने पाँच मिनेट सकिएपछि माइक बन्द हुने नियम बनाइएको छ ।

साँझ ६ बजेसम्म बैठक सञ्चालन हुने र खाजा खानका लागि ४५ मिनेट ब्रेक दिइने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *