सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौं साउन १४,
स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *