सुन प्रकरण: ठमेलको भियना होटलका सञ्चालक पक्राउ

  • Home
  • -
  • Banner
  • -
  • सुन प्रकरण: ठमेलको भियना होटलका सञ्चालक पक्राउ
सुन प्रकरण: ठमेलको भियना होटलका सञ्चालक पक्राउ

काठमाडौँ, १४ साउन
राजश्व अनुसन्धान विभागको टोलीले रातभर छापा मारेको ठमेलको होटल भियनाबाट एक जना सञ्चालकलाई पक्राउ गरेको छ ।

दावा छिरिङलाई पक्राउ गरिएको विभागका एक अधिकारीले जानकारी दिए ।
उक्त होटलमा सुन प्रकरणमा जोडिएका व्यक्तिको खोजीका लागि भन्दै विभागको टोलीले बिहानपखसम्म छापा मारेको थियो ।

यसअघि सोही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् ।

छिरिङ पक्राउपछि १८ जना विभागको नियन्त्रणमा रहेको ती अधिकारीले जानकारी दिए । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *