माडीको घाँघर खोला तर्दै गरेको बस बाढीले पल्टायो, यात्रु सकुशल

माडी, १० साउन
माडी नगरपालिका वडा नं. ८ र ९ जोड्ने घाँघर खोलामा बुधबार आएको बाढीले बस पल्टाएको छ ।

माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले पल्टाएको हो ।

बगई बसपार्कबाट करिब ९ः२५ बजे छुटेको छाहारी यातायात प्रालीको बस भरतपुर जाने क्रममा खोलामा फसेको थियो । माडी–९ का वडाध्यक्ष घनश्याम दवाडीका अनुसार बसमा सवार सबै जना यात्रुहरुलाई सकुशल उद्धार गरिएको र बाढीबाट बस निकाल्ने प्रयास सुरु गरिएको जानकारी दिए ।

‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो, ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *