वैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने

काठमाडौं, बैशाख १७ –
यही वैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ ।

चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतबार पनि बिदा नै हुनेछ ।

यस्तै, २ गते सोमबार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ । मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *