गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालयमा

काठमाडौँ, ५ साउन
गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।

तस्करीबाट आएको सुन प्रकरणबारे बुझ्न उनी शुक्रबार मध्याह्न भन्सार कार्यालय पुगेका हुन् ।

त्यसक्रममा उनले कुनै पनि प्रकारको भ्रष्टाचारको सरकारले निर्मुल गर्ने दाबी गरे । उनले सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर छाड्ने दाबी गरे ।

‘नाइकेलाई अनुसन्धानको दायरामा तानिएन नि ?’ भन्ने प्रश्नमा उनले भने, “पुग्छ पुर्‍याउनुपर्छ, यताउता हुने कुरै छैन । अब आगामी दिन यस प्रकारका घटना हुन नदिन योजना बनाएर अघि बढ्छौँ,” उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *