पश्चिम चितवनको अमर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सदस्यता वितरण

 

चितवन साउन ५ –
पश्चिम चितवनको अमर बहुमुखी क्याम्पसमा अनेरास्ववियु चितवनले सदस्यता वितरण गरेको छ ।

जिल्ला सहसचिव प्रदिप पराजुलीको नेतृत्वमा खटिएको एमाले निकट अनेरास्ववियुको टोलीले आज उक्त क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सदस्यता वितरण गरेको हो ।

कार्यक्रममा जिल्ला सह सचिव पराजुलीसहित जिल्ला कमिटी सदस्य समिर अधिकारी, जिल्ला कमिटी सदस्य अनिशा थापा, वीरेन्द्र क्याम्पसका कमिटी उपाध्यक्ष सन्दिप अधिकारी, वीरेन्द्र क्याम्पसकै हिरालाल आचार्य, सप्तगण्डकी क्याम्पस कमिटीका विमर्श पौडेल र आभाष गौतमसहितको टोली अमर बहुमुखी क्याम्पस पुगेको थियो ।

कार्यक्रमको अध्यक्षता अमर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष गोपि परियारले गरेका थिए भने सञ्चालन करुणा बयलकोटीले गरेकी थिइन् ।

सदस्यता वितरण महाअभियान र केन्द्रीय सर्कुलर अनुसार अनेरास्ववियु चितवनले जिल्लाकै ठूलो र धेरै विद्यार्थीहरु अध्ययन गर्ने क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसबाट साउन १ गतेदेखि सदस्यता प्रदान गर्ने कार्यक्रमको शुभारम्भ गरेको थियो ।

त्यसपछि जिल्लाका विभिन्न क्याम्पसहरुमा सदस्यता वितरण जारी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *