टिकटकमा हिट भएपछि ‘बादल वर्षा बिजुली’ को बन्यो नयाँ भिडिओ

काठमाडौं, साउन २
पछिल्लो समय टिकटकमा सर्वाधिक रूचाइएको गीत हो ‘बादल वर्षा बिजुली’।

१८ वर्षअघि प्रदर्शन भएको फिल्म ‘कर्तव्य’ मा समावेश ‘बादल वर्षा बिजुली’ बोलको गीतमा कलाकारदेखि सर्वसाधरणले टिकटक बनाए।

टिकटकमा हिट भएसँगै गीतका सर्जकले नयाँ भिडिओ सार्वजनिक गरेका छन्। काठमाडौंमा एक कार्यक्रम गर्दै गीतको नयाँ भिडिओ सार्वजनिक गरिएको हो।

गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन्। सुब्रत आचार्यले निर्देशन गरेको म्युजिक भिडिओमा विजु पार्की र कविता नेपालीको नृत्य देख्न सकिन्छ।

करूणा थापाको शब्द रहेको गीतमा सचिन सिंहको संगीत छ। गीतको पुनः संगीत संयोजन गरिएको छ। पुरानो गीतमा फणीन्द्र राईले संगीत संयोजन गरेका थिए भने नयाँलाई उदयराज पौडेलले गरेका छन्।

यो गीतको अडिओको प्रतिलिपी अधिकार फिल्मसँगै साईराम पिक्चर्सले लिएको थियो। गीतको नयाँ भिडिओ भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विजेश पौडेलले सम्पादन गरेका हुन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *