नेपाली महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपुर्ण प्रतिस्पर्धा गदै

काठमाडौं, ३१ असार
आज नेपाल र बंगलादेश बिच महिला फुटबलमा प्रतिस्पर्धा हुदैँछ ।

बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेवाट सुरु हुनेछ।

बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *