विमानस्थमा अब आफन्तको बिदाइ र स्वागतमा ३ जनाभन्दा बढी जान नपाइने

काठमाडौँ, १२ असार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिदाइ र स्वागतका लागि यात्रुका ३ जनाभन्दा बढी आफन्त नआउन निर्देशन गरेको छ । विमानस्थल कार्यालयले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर भिडभाड नियन्त्रण गर्न भन्दै बिदाइ र स्वागतका लागि यात्रुका ३ जनाभन्दा बढी आफन्त नआउन निर्देशन दिएको हो ।

विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थानको सीमितताका कारण विमानस्थल व्यस्त हुने गरेको छ ।

व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरूको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएकोले पनि यो व्यवस्था गर्नुपरेको विमानस्थलका प्रवक्ता टेकनाथा सिटौलाले बताए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिबाट समेत निर्णय भए अनुसार ३ जना भन्दा बढी विमानस्थलमा नआउन र नजान निर्देशन पनि जारी गरिएको हो ।

विमानस्थलमा एक जनालाई बिदाइ गर्न १० जनासम्म आउने गरेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *