प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै रास्वपाको अवरोध

काठमाडौँ, १२ असार
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुुनेबित्तिकै पार्टीका मुख्य सचेतक सन्तोष परियारले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बोलाएर सो विषयमा जवाफ दिने वातावरण सिर्जना गर्न सभामुख
उनले प्रमुख जिल्ला अधिकारीको मतहतमा जिल्ला निर्वाचन कार्यालय ल्याउन नहुने उल्लेख गरे । “लोकतन्त्र बलियो बनाउनबाट सरकार मनोमौजी गर्दै छ ।

बजेटको नाममा सरकारले लोकतन्त्रमा हमला गरिरहेको छ । यसलाई शून्य र विशेष समयमा यो विषय उठाउँदा सुनेन सरकारले सुनेन,” उनले भने, “लोकतन्त्रमा निर्वाचन आवश्यक छ । जुन निर्णय सरकारले गरेको छ, त्यो फिर्ता लिओस् । नभए सदनको कारबाही अघि बढ्दैन ।”

रास्वपाका सभापति रवि लामिछानेले त्यसो गरिँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास कसरी हुन्छ भन्दै प्रश्न गरे ।

संवैधानिक आयोगको क्षेत्राधिकारलाई मिचेर सीडीओ कार्यालयमा ल्याउँदा के हुन्छ निष्पक्षता, संसारले हेर्ने विषय भएको उनले उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *