रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ७ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय कार्य समितिको बैठक बस्दैछ।

बैठक अहिले बिहान १० बजे नयाँ पार्टी कार्यालय बालाजुमा बस्ने पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

बैठकमा पार्टी स्थापना दिवसको सन्दर्भमा आयोजना गरिएको चियापानको तयारीबारे छलफल हुने बताइएको छ।

बैठकलगत्तै रास्वपाले पत्रकार सम्मेलन गर्ने पवक्ता ढकालले जानकारी दिए।

रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए।

पार्टी स्थापना दिवसका सन्दर्भमा प्रदेश र जिल्ला तहका कमिटीहरूले पनि स्वस्फूर्त चियापन र विविध कार्यक्रम राखेका छन्।

प्रवासमा रहेका सुभेच्छुक संस्थाहरूले पनि चियापानलगायत कार्यक्रम राखेको नेताहरूले जानकारी दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *