राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं, जेठ ३०

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो।

उनलाई बिहान ११ बजे भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ। अहिले राष्ट्रपति पौडेललाई अस्पतालको भिआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको अस्पतालले जनाएको छ।

उनलाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको जानकारी दिए। गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा।चन्द्रमणि अधिकारीले यस विषमा आफू नबोल्ने भन्दै राष्ट्रपतिको सचिवालयमा बुझ्न आग्रह गरे।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *