शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय, जेठदेखि लागु हुने

काठमाडौं, १४ वैशाख –

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको हो ।

कार्यालय समय भने बिहान ९ः३० देखि ५ः३० सम्‍म बढाइएको छ ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *