उपेन्द्र यादव भन्छन्– राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह गर्दा नागरिकताको मूल समस्या समाधान भयो

कठमाडौं जेठ १७
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक जारी गरेर राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायित्व निर्वाह गरिदिँदा नागकिरताको मूल समस्या समाधान भएको प्रतिक्रिया दिए ।

“नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक दायित्व निर्वाह गर्नुभएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,” अध्यक्ष यादवले भने, “अब नागरिकताको मूल समस्या समाधान भएको छ ।”

बाबु आमा नेपाली नागरिक नै भएर पनि ठूलो संख्याका नागरिक नागरिकताविहीन भएको मूल समस्या नागरिकता विधेयक प्रमाणीकरणसँगै समाधानको बाटोमा गएको बताए ।

“अझै पनि केही समस्या बाँकी रहन्छन्,” यादवले भने, “कसैको बाबु आमा वंशजको नागकिरता भएर पनि सन्तानको नागरिकता जन्मका आधारमा छ । कसैका बाबुआमा छैनन्, दाजुहरुको नागरिकता भएर पनि उ नागरिकताविहीन छ ।”

उनले यस्ता समस्या प्राविधिक समस्या भएको भन्दै त्यसलाई सच्याउँदै जानुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *