कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन : खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको माग

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ। पार्टीका सांसद तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको छ।

बैठकमा महामन्त्रीहरुले नक्कली शर्णार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका छन्।यद्यपि कांग्रेसले तत्कालै कुनै कारबाही नगर्ने भएको छ। देउवा पक्षले प्रमाणित नभई कुनै कदम चाल्न नहुने भन्दै बचाउ गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा प्रकाशरण महतले अनुसन्धान निष्कर्षमा नपुगी अहिल्यै कुनै निर्णय गर्न हतार हुने बताए।

उनले भने, ‘उहाँले अनुसन्धानमा सहयोग गरिरहनुभएको छ। टोपबहादुरजीजस्तो फरार नै त हुनुभएको छैन।’

एमालेले कारबाही गर्‍यो कांग्रेसले के गर्छ भन्ने प्रश्नमा महतले भने, ‘उहाँ फरार हुनुहुन्न। अनुसन्धानका लागि सहयोग गरिरहनुभएको छ। अहिले अनुसन्धानको निष्कर्ष नआइ कसरी निर्णय लिनु। पहिला परिपक्व अनुसन्धान होस् अनि पार्टीले निर्णय गर्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *