अधिकृत व्यवसायी संघद्वारा कन्या गुरुकुल, देवघाटमा खाद्यान्न सहयोग

चितवन चैत १३
अधिकृत व्यवसायी संघ, चितवनले देवघाट–१ मा अवस्थित श्री राम जानकी गार्गी कन्या गुरुकुलमा आज एक कार्यक्रमको आयोजना गरी आवश्यक खाद्यान्नहरू वितरण गरेको छ । अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले उक्त संघका संस्थापक अध्यक्ष पवनकुमार पियाको प्रमुख आतिथ्यतामा कन्या गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेलाई उक्त खाद्यान्नहरू हस्तान्तरण गरेको हो ।
गुरुकुलका ६५ जना कन्याहरूकालागि खाद्यान्नहरूको अभाव भएको जानाकारी प्राप्त भएकोले चामल, दाल, तेल, आलु, सोयाविन, नुन र विस्कुट लगायतका सामाग्रीहरू हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष नारायण प्रधानले जानकारी गराए । नेपाल वितरक महासंघका उपाध्यक्ष दुर्गा गौतमको विशेष उपस्थिति रहेको कार्यक्रम संघका महासचिव मनोज रौनियारले सञ्चालन गरेका थिए ।

अधिकृत व्यवसायी संघ चितवनले नारायण प्रधानको नेतृत्वमा भर्खरै गठन भएको कार्यसमितिले सामाजिक कार्यमासमेत संघलाई अगाडि बढाएकोमा संस्थाका संस्थापक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि पवनकुमार पियाले प्रशन्नता व्यक्त गर्दै गुरुकुलमा थप सहयोग पु¥याउने वचनबद्धता व्यक्त गरे । त्यसैगरी गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेले संघद्वारा प्रदान गरिएको सहयोगको लागि गुरुकुलको तर्पmबाट आभार प्रकट गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनाथ पौडेल, निवर्तमान अध्यक्ष रवि श्रेष्ठ, सल्लाहकार श्रवण रेग्मी, उपाध्यक्ष रामजी घिमिरे, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ ‘राजु’ सचिव कुलप्रसाद लगायत सदस्यहरू निरेश सिंह, निर्मल ढकाल, नितेश महेश्वरी र उद्धव अधिकारीको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *