राष्ट्रपति उमेदवारको छलफल गर्न प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

काठमाडौं फागुन १०

राष्ट्रपति निर्वाचनका लागि उमेदवारी दर्ता गर्न तीन दिन मात्र समय बाँकी रहँदा राजनीतिक सरगर्मी बढेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेपछि दलहरुबीच राष्ट्रपति बनाउन दौडधुप बढिरहेको हो ।

यसैबीच बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सत्तासाझेदार दल नेकपा(एमाले) नेता केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

दाहाल–ओलीबीच अहिले दाहालको सरकारी निवास बालुवटारमा संवाद भइरहेको छ । उनीहरुबीच राष्ट्रपतिमा कसलाई उमेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

नेकपा एमाले पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडानमा छ । माओवादी भने राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने पक्षमा छ । नेपाली कांग्रेस माओवादीको सहयोगमा आफ्नो उमेदवार जिताउने प्रयासमा छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *