दुई छोरासहित गण्डक नहरमा हाम फालेकी महिलाको शव भेटियो

नवलपरासी,फागुन ९-
नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन्।
नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन्।

हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि एकसय मिटर तल तीनै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *