विमान दुर्घटना : ३० जनाको शव अस्पताल पुर्‍याइयो, ३५ शव दुर्घटनास्थलमै

पोखरा, माघ १-

पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६५ जनाको शव फेला परेको छ।

दुर्घटनास्थलबाट उद्धार जारी रहँदा फेला परेका ६५ शवमध्ये ३० शव अस्पतालमा पुर्‍याइएको छ। बाँकी ३५ शव दुर्घटना स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए।

एउटा शव खोंचमा अल्झिएको अवस्थामा देखिए पनि उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। उद्धार कार्य जारी छ। अझै जनाको अवस्था अज्ञात छ।

दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन्। शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।

यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *