सरकारको निर्देशन : आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्नु

काठमाडौं, माघ १-
सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद्को आकस्मीक बैठकले दुर्घट्नामा परेकका आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

त्यस्तै बैठकले दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पौडेलले जानकारी दिए।

मन्त्रीपरिषद्ले घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको र दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *