प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयाे छलफल ?

काठमाडौं पुश ३०

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको
छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भएको स्रोतले जनाएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ ।

सातदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंग्याउन बाँकी छ । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *