प्रधानमन्त्री बनेपछि पहिलोपटक आज गोरखा जाँदै प्रचण्ड

काठमाडौँ पुष २७,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन्। गोरखा महोत्सवको उद्घाटनका लागि प्रचण्ड गोरखा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड त्यसपछि पहिलोपटक आज ‘गोरखा महोत्सव उद्घाटनका लागि उहाँ जान  लाग्नुभएको हो,’ प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने।

गत ४ मंसिरमा भएको निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उद्योग वाणिज्य संघ, गोरखाले आयोजना गरेको उक्त महोत्सवमा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको औपचारिक निम्ता आएपछि उनी गोरखा जान लागेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *