कुन दलबाट बन्दैछन् प्रदेशहरुमा सभामुख/उपसभामुख ?

काठमाण्डौं । सत्ता गठबन्धनले प्रदेशसभा सभामुख,
उपसभामुखको भागबन्डा पनि मिलाएको छ ।

सहमति अनुसार नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने छ भने एमाले २ र राप्रपाले १ सभामुख पाउने छ । प्रदेश १ मा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख हुने छ । वाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्ने छ । गण्डकी प्रदेशसभा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख प्राप्त गर्ने छ ।

लुम्बिनीमा सभामुख माओवादी केन्द्रको भागमा परेको छ भने उपसमाभुख राप्रपाले प्राप्त गर्ने छ । कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख परेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने छ । नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा प्रस्ताव गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *