मकवानपुरमा अवैध अमेरिकी डलरसहित ४ जना पक्राउ

२१ पुस, हेटौंडा –

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ बर्षका सोम बहादुर बम्जन, सोही ठाउँका ३३ बर्षका दिवस बम्जन, बाहृबिसे–४ का २८ बर्षका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षका सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनीहरुको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको उनले जानकारी दिए । साथै नेपाली रुपैंया ६,२१०, तीन वटा मोटरसाईकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाईल ५ थान समेत बरामद गरिएको उनले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *