वीरेन्द्र क्याम्पसमा अनेरास्वववियुद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

चितवन, असोज ४ –
भरतपुरको वीरेन्द्र क्याम्पसमा अनेरास्ववियुद्वारा आयोजित अन्तर कलेज सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ ।

वीरेन्द्र क्याम्पसको खेल मैदानमा आज मंगलबार बिहान सम्पन्न फाइनल खेलमा बीबीएस प्रथम बर्षलाई १-० गोल अन्तरले  हराउँदै आयोजिक टोलीले उपाधि हात पारेको हो ।

खेलेको पहिलो हाफमा १-० गोल अन्तर थियो भने खेलको दोश्रो हाफमा कुनैपनि गोल हुन सकेन  ।

खेलमा उत्कृष्ठ खेलाडी सन्तोष थापा, उत्कृष्ठ गोलकिपर अनिष क्षेत्री, सर्वाधिक गोलकर्ता सञ्जय श्रेष्ठ भएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु १५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ भने द्धित्तिय हुनेले नगद रु ७ हजा र ५ सय रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको आयोजनामा गत बुधबारदेखि क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ्ग रहेको थियो भने सह–प्रायोजक त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बुहुमुखी क्याम्पस रहेको थियो । मिडिया पार्टनरका रुपमा चितवन आज डटकम रहेको थियो ।

प्रतियोगितामा २७ वटा टिमले सहभागीता जनाएको खेल संयोजक तथा अनेरास्ववियु क्याम्पस कमिटीका सचिव सौगात बस्यालले जानकारी दिए ।

कलेजका कक्षा कक्षाबाट टिम निकालिएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले बताए ।

क्याम्पसमा अनेरास्ववियुले यस्ता गतिविधिलाई अब निरन्तरता दिने र केही दिनमै दशैंको शुभकामना कार्यक्रम पनि आयोजना गर्ने तयारी भइरहेको क्याम्पस कमिटीका इन्चार्ज बिज्ञान अधिकारीले बताए ।

आज भएको फाइनल खेलमा नेकपा एमालेका पार्टी पोलिटब्युरो सदस्य देवि ज्ञवाली, अनेरास्ववियु चितवनका प्रचार विभाग प्रमुख लिलाराम पौडेल, सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ‘वाइवी’, क्याम्पस प्रमुख दयाराम पौडेल लगायत प्रध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *