चितवनको रामपुर क्याम्पस र डिनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी

चितवन, साउन १८-
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवन र डिनको कार्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

नियुक्ति खारेजको माग गर्दै संघले अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

पछिल्लो नियुक्ति खारेजको माग राखेर आफूहरुले ४८ घण्टे ‘अल्टिमेटम’ समेत दिएको नेविसंघ रामपुर क्याम्पस इकाईका सचिव आशिष देवकोटाले बताउनुभयो ।

संघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस र गौरादह क्याम्पसले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य र अनुभवी प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *