चितवनमा आज एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, साउन ६-
पछिल्लो २४ घण्टामा चितवनमा एकैदिन १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ६३ जनामा पिसिआर र पाँच जनामा एन्टिजेन परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ११ जना भरतपुर महानगरपालिका भित्रका हुन् भने अर्का एक कालिका नगरपालिकाका हुन् ।

आज थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २६ जना पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *