भरतपुरस्थित पुरानो मेडिकल कलेज अगाडि मान्छेको टाउको भेटिएपछि…

चितवन, साउन ६-
मान्छेको मृत शरिरको परीक्षण अध्ययन गर्दै आइररहेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज अगाडि आज (शुक्रबार) बिहान मान्छेको टाउको भेटिएको छ ।

पोष्टमाटमका लागि प्रयोग भएको जस्तो देखिएको टाउको देखेपछि त्यहाँका स्थानीय बासिन्दाले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । टाउको पुरुषको भएको पुरानो मेडिकल कलेजले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टका अनुसार मान्छेको टाउको कुकुरले सडक छेउसम्म ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

सो बारे थप अनुसन्धन भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *