रविसँग आसिफ, असीम र कुमारको छलफल सकियो, बालेनसँग निर्णायक भेट हुँदै

११ मंसिर, काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटघाटको तयारी अन्तिम चरणमा पुगेको छ ।

केहीबेरअघि मात्रै सहमतिको खाका तयार पार्ने काममा लागिरहेका कुमार बेन, असीम शाह र आसिफ शाहले रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेर निस्किएका छन् ।

‘वार्ता निष्कर्षउन्मुख छ । सकारात्मक निर्णय सुनाउँछौं,’ छलफलमा सहभागी एक सदस्यले भने ।

रवि र बालेनबीच आजै निर्णायक वार्ता र निष्कर्ष सुनाउने तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *