बैतडीबाट १८ वर्षीया युवती बेपत्ता

बैतडी, ५ असार –
बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् ।

प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए । – न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *