पानीमा डुबेर एक बालकको मृत्यु

राप्ती,असोज २१ –।
राप्ती नगरपालिका वडा नं–२, गड्यौलीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

ईश्वर बर्तौलाका ७ वर्षीय छोरा आयुष बर्तौला घरनजिकै रहेको पानी जमेको खाल्टोमा डुबेको अवस्थामा तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा निजको उपचारको क्रममा सोमबार बेलुकी ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतकको शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *