झलनाथ पत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था जटिल, थप उपचारका भारत लगिँदै

  • Home
  • -
  • Banner
  • -
  • झलनाथ पत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था जटिल, थप उपचारका भारत लगिँदै
झलनाथ पत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था जटिल, थप उपचारका भारत लगिँदै

काठमाडौँ, ६ असोजः 
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

आन्दोलनकारीले निजी निवास डल्लुस्थित घरमा आगजनी गर्दा रवि लक्ष्मी जलनमा परेकी थिइन् ।

सोही दिन उनलाई सैनिक अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा उनको देब्रे हात काटिए पनि सोचेअनुसार स्वास्थ्यमा सुधार हुन सकेन ।

पछिल्लो समय उनलाई निमोनिया समेत देखिएपछि थप उपचारका लागि भारत लैजान चिकित्सकले समेत सुझाव दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *