यो लोक हुँदासम्म मात्र होइन परलोक हुन्छ भने त्यहाँ पनि प्रचण्डले हाम्रो नेतृत्व गर्नुपर्छ : मातृका यादव

काठमाडौं, ६ असोज –
माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेता मातृका यादवले पार्टीमा प्रचण्डको विकल्प नभएको बताएका छन् ।

आइतबार बसेको पदाधिकारी बैठकमा यादवको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ। यो लोकमा मात्रै होइन साँच्चै परलोक हुन्छ भने त्यहाँपनि उहाँले नै हाम्राे नेतृत्व गर्नुपर्छ ।’

यादवले जेएनजी आन्दोलनले पुराना पार्टीका सोच विचार ध्वस्त पार्दा पनि पदाधिकारी तहमा भने नफिरेको दाबी समेत गरे ।

यसैगरी यादवले प्रचण्डलाई आफैं फस्नेगरी ध‍ेरै नबोल्न समेत सुझाव दिएको ती नेताको भनाइ छ । आवश्यक हुँदा अध्यक्षको रक्षाका लागि आफूहरु पनि बोल्न तयार रहेको भन्दै उनले प्रचण्डलाई आफैं भने फस्नेगरी ध‍ेरै नबोल्न आग्रह गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *