रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन, भदौ २४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।

रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन्। लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *