खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

२४ भदौ, काठमाडौं ।
खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए ।

उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताएका छन् ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *