अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

काठमाडौँ, १९ भदौः
संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् ।

डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *