सङ्खुवासभामा भूकम्पको धक्का महसुस

काठमाडौँ भदौ ७
सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प राति ११:१५ बजे अनुभव गरिएको हो। परिमाण मध्यम भए पनि स्थानीयस्तरमा हल्का धक्का महसुस भएको बताइएको छ। हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *