पोखराको गगनगौंडामा भेटिए सिन्धुलीका १६ जना

काठमाडौं, साउन १२
सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएका छन् ।

उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।

’हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’ उनले भने, ’सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ ।

उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिन्छ प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *