काठमाडौंबाट चितवन आउँदै गरेको ट्याक्सी सितापाइलामा दुर्घटना

चितवन, साउन १२ –
काठमाडौंबाट चितवन आउँदै गरेको ट्याक्सी सितापाइलामा दुर्घटना भएको छ।

चितवन आउँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी आज बिहान धुनिवेशी नगरपालिका–५ कुमाइखोलास्थित धार्के–सितापाइला सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल पल्टिएको हो ।

दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन्। घाइतेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन खड्का, र सात वर्षीया जेशिका गुरूङ छन्। चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि घाइते छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *