डोटीका दुई पालिकामा पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध (तालिकासहित)

११ साउन, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

डोटी वितरण केन्द्र अन्तर्गत मौवा सबस्टेशनका कर्मचारी बलाराम पनेरुका अनुसार, पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।

वितरण केन्द्रले हिजो नै सूचना जारी गरेको थियो ।

प्राधिकरणका अनुसार, डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *