सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदन : कम्पनी, पाइलट र प्राधिकरणबाट गम्भीर लापरबाही

२ साउन, काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा वायुसेवा कम्पनी, पाइलट र नेपाल नागरिक उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको छ ।

१ साउन २०८१ का दिन मर्मतका लागि पोखरा उडेको सौर्यको उक्त जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।

दुर्घटना लगत्तै सरकारले छानबिन आयोग गठन गरेको थियो ।

आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनले सरोकारवालाको लापरबाहीका कारण जहाज दुर्घटनामा परेको निष्कर्ष निकालेको हो ।

दुर्घटनाको मुख्य कारण ‘जहाज टेक अफ गर्ने क्रममा अत्यधिक गतिका साथ सिधा माथि उठ्नु’ थियो । त्यसले जहाजलाई ‘डिप स्टल’ मा लगेको र जहाज खसेको प्रतिवेदनको निष्कर्ष छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *