पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय हो : ओली

२ साउन, काठमाडौं-
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यो विषयमा उचित निष्कर्ष पार्टीले निकाल्ने जानकारी दिएका हुन् ।

‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको व्यक्ति, यो देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक बनिसकेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो’ बैठकमा ओलीले भनेका छन्, ‘यसमा उचित समयमा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ ।’

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पनि यस्तै निष्कर्ष र अव्यिक्ति दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *