रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता

काठमाडौँ, १ असार
सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार नै सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिनामा लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएर पुरक अभियोग दायर गरेको हो।

यसमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *