देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान

काठमाडाैं, बैशाख ७ –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान गरेका छन् ।

स्वास्थ्य परीक्षण घुमघामको लागि सभापतिको परिवार एक साताको लागि थाइल्याण्ड प्रस्थान गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘सभापतिजी, परराष्ट्रमन्त्री आरजु, स्वकीय सचिव भानु देउवा, छोरा-बुहारीसहित परिवार नै जानुभएको हो,’ पौडेलले लोकान्तरसँग भने, ‘यस अघि पनि उहाँको स्वास्थ्य परीक्षण बैंककमा भएको थियो । यसैले फेरि स्वास्थ्य परीक्षण र पारिवारिक भ्रमणको लागि सभापति
को परिवार नै थाइल्याण्ड प्रस्थान गरेको हो ।’

उनीहरू आइतबार दिउँसो १ बजेर ४६ मिनेटमा थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

सभापति देउवाको परिवार वैशाख १२/१३ गते मात्रै फर्किने उनको भनाइ छ । थाइल्याण्ड बसाइको क्रममा कुनै राजनीतिक भेटघाट नभएको पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *