रास्वपा कोसी प्रदेशका इन्चार्जले दिए संगठन विभागबाट राजीनामा

काठमाडौं बैशाख ५
राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएका हुन् ।

आफूसँग परामर्श गरेको भए पार्टी निर्णय स्वीकार गर्ने भन्दै उनले सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र रहने गरी राजीनामा गरेका हुन् ।

“आजको मितिसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, कोसी प्रदेशको इन्चार्ज र केन्द्रीय संगठन विभाग सदस्यको भूमिका निर्वाह गरिरहेको थिएँ,” भण्डारीले भनेका छन्, “सायद पार्टीले वैकल्पिक राजनीतिक दल रास्वपामा ‘एक पद एक व्यक्ति’ हुनुपर्छ भन्ने अवधारणा अनुसार कामकारबाही अगाडि बढाउँन होला, केन्द्रीय नेतृत्वले मलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट बर्खास्त गर्‍यो ।”

आफूसँग सल्लाह नगरिएको भन्दै उनले यसमा आफ्नो असहमति रहेको बताएका छन् । “म सँग सामान्य सरसल्लाह पनि नगरी पार्टीका अर्का साथीलाई आजको केन्द्रीय समितिको बैठकले प्रदेश इन्चार्ज तोकेकोमा म दुखी छु,” उनले भनेका छन्, “यदि, म सँग सल्लाह मात्र गरिएको भए पनि म सहर्ष स्वीकार गर्ने थिएँ, । बरु उहाँको प्रस्तावक पनि बनिदिने थिएँ ।”

उनले पार्टी नेतृत्वले मूल्य र मान्यता विपरीत निर्णय लिएको आरोप लगाएका छन् ।

सामान्य छलफल समेत नगरी जिम्मेवारीबाट बर्खास्त गरिनुले आफूमाथि नैतिक दबाब र नैतिक संकट सृजना भएको उनको भनाइ छ ।

“आज कै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,” उनले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *