भरतपुरको सिक्स लेनमा आज एमालेको युवासंघले मोटर साइकल र्याली निकाल्दै

चितवन, बैशाख ४ –
भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्याली निकाल्ने भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २ः३० बजे मोटरसाइकल र्याली हुन लागेको हो ।

भोलि नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन साथै भरतपुरको सिक्स लेन सडकको उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलले गर्ने कार्यक्रम रहेकाले दुबै कार्यक्रमको प्रचार र प्रधानमन्त्रीको स्वागतका लागि मोटरसाइकल र्याली निकाल्न लागिएको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले र्यालीमा सहभागि हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *