न्यु होराइजन स्कुलमा सीपमा आधारित सिकाइ मेला : विद्यार्थीले सिके विभिन्न सीप

चितवन, फागुन १७ –
भरतपुर २ क्षेत्रपुरमा रहेको न्यु होराइजन स्कुलले सीपमा आधारित सिकाइ मेला सम्पन्न गरेको छ ।
अभिभावक दिवसको अवसरमा शुक्रबार स्कुलले अभिभावक दिवस तथा सीपमा आधारित सिकाइ मेला सम्पन्न गरेको हो ।

पाठ्यक्रममा रहेका विषयवस्तुलाई प्रयोगात्मकरुपमा सीपसँग जोड्न स्कुलले नयाँ नयाँ कार्यक्रम गर्ने गरेको स्कुलका अध्यक्ष श्रीधर घिमिरेले जानकारी दिए । विद्यार्थीहरुलाई सैद्दान्तिक मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्न सीपमा आधारित मेला गरिएको उनले बताए ।

स्कुलका शैक्षिक परामर्शदाता अर्जुन भट्टले मेलामा विज्ञान प्रविधि, दैनिक जीवनमा गरिने क्रियाकलाप, सांस्कृतिक कार्यक्रम, हस्तकला, इर्मजेन्सी एजुकेशनको प्राक्टिस, भाकेशनल स्कुलको प्राक्टिस सेशन, सांस्कृतिक झाँकीहरुको प्रस्तुती, कौशी खेती लगायतका कुरा सिकाइएको बताए ।

मेलामा पुर्खाका सीप र नयाँ प्रविधियुक्त दुबै प्रकारका सीप सिकाइएको स्कुलमा प्राचार्य बसन्त रानाभाटले बताए । मेलामा विद्यार्थीहरुलाई मोही पार्न, गुन्द्री बुन्न, सेल रोटी बनाउन, चित्र बनाउन, खाना बनाउन, भाँडा माझ्न, बत्ती काट्न, टपरी बुन्न, ढिकी कुट्न, जाँतो पिस्न, कपडा सिलाउन समेत सिकाइएको हो । मेलामा जन्मदेखि मृत्युसम्मको रितिरिवाज देखाइएको थियो । मेलामा विद्यार्थीले बनाएका विद्युतीय आविस्कारको समेत प्रदर्शन गरिएको थियो ।

हेरौं कार्यक्रमको पूरा भिडियो :

स्कुलमा सिकेको सीपलाई विद्यार्थीले घरमा अभिभावकसँग गरेको कामबाट प्रयोगात्मक नम्बर समेत जोडिने प्राचार्य रानाभाटले बताए । यसप्रकारको सीपमा आधारित सीप मेला नेपालमै पहिलो भएको न्यु होराइजन स्कुलले दाबी गरेको छ ।

मेलामा कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकाय डिन प्रा अर्जुन कुमार श्रेष्ठको प्रमुख उपस्थिति रहेको थियो । मेलामा भरतपुर महानगरपालिका २ का टोल विकास संस्थाका अध्यक्ष, महिला समुहका अध्यक्ष, अभिभावक लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *